दार्चुलाबाट चीनसँगकाे तिङ्कर सिमा नाका खुल्याे

दार्चुला । सुदूरपश्चिमकाे दार्चुलाबाट चीनसँगकाे तिङ्कर सिमानाका खुलेकाे छ । धेरैपछि सिमानाका आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ ।

बुधबार व्यास गाउँपालिका–१ छाङ्रुका १५ र तिङ्करका १२ गरी २७ जना व्यापारी उक्त नाका हुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् । कोरोनाकालदेखि बन्द रहेको तिङ्करनाका हालै खुलेको हो । नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.