Dashain Suvakamana

खैरो हिरोइन सहित धनगढीमा एक किशोरी पक्राउ

धनगढी । लागुओेषध खैराे हिराेइनकाे धुलाेसहित धनगढीमा एक किशोरी पक्राउ परेकी छन् । हिजो साँझ धनगढी उपमहानगरपालिका-३ विशालनगरबाट सोही ठाउँ डेरा गरी बस्ने १८ वर्षीया किशोरी पक्राउ परेकी हुन् ।

डोटीको जोरायल गाउँपालिका-४ घर भएकी उनलाई ९८० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.