सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि ठप्प, अव कसरी चल्छ ?

धनगढी । आजदेखि नयाँ आर्थिक बर्ष सुरु भएसँगै सुदूरपश्चिम प्रदेश सरकारकाे आर्थिक गतिविधि ठप्प भएकाे छ । सरकारले प्रदेशसभा बैठकमा असार १ गते प्रस्तुत गरेको बजेट पास हुन नसक्दा खर्च लगायतका आर्थिक गतिविधि ठप्प भएकाे हो । 

सविधानअनुसार असारमा बजेट पास गरेर साउनदेखि कार्यान्वयन हुन्छ, राजश्व उठाउन शुरु गरिन्छ, यस बर्ष बजेट पास नहुँदा ति प्रक्रिया सबै रोकिएका छन् र नयाँ आर्थिक बर्षका आर्थिक गतिबिधि ठप्प भएकाे हुन् । यस्ताे अवस्थामा अव के हुन्छ ? यता प्रदेश सरकारका प्रबक्ता तथा नब नियुक्त अर्थमन्त्री अक्कल रावलले बजेट बनाउने मन्त्री जिम्मेवारी बाेध नगरी राजिनामा गरेर हिडेपछि यस्ताे समस्या आएकाे बताए।

उनले भने- ‘कानुनी प्रावधान अनुसार असार मसान्तभित्र बजेट अध्यादेशबाट भएपनि पास गर्ने तयारीमा थियौँ तर प्रदेश प्रमुख कुनै पार्टीको कार्यक्रताझैँ भएर ठिक्क हामीले तयारी गरेकै बेला काठमाण्डौँ हिन्नुभयो अनी हामीले त्यो प्रक्रिया अगाडी बढाउन पाएका छैनौँ ।’ 

सरकारलाई अध्यादेशमार्फत् बजेट स्वीकृत गराउनुको विकल्प नरहेको सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले बताए । उनका अनुसार मन्त्रीपरिषद्ले अध्यादेश तयार गरेर स्वीकृतिका लागि प्रदेश प्रमुख समक्ष पठाउने बताए । “प्रदेश प्रमुखले अध्यादेशलाई स्वीकृत गर्नैपर्छ”, शाहीले भने, “हैन भने साउनबाट यो प्रदेश भ्याकुम हुन्छ ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.