Dashain Suvakamana

भारत पलियामा सडक अवरुद्ध, धनगढीमा खाद्य तथा इन्धन आपूर्तिमा समस्या

Ajai

धनगढी। भारतको शारदा नदीले पलियास्थित पुलको उत्तरतिरको सडक बगाउँदा यातायात सञ्चालनमा समस्या भएको छ । बाढीले सडक बगाउँदा एक सातादेखि यातायात ठप्प भएर धनगढीमा खाद्य तथा इन्धन आपूर्तिमा समस्या भएकाे छ ।

गत साता आएको अविरल वर्षाका कारण नेपाल–भारत जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग बगाएपछि एक सातादेखि पलिया गौरीफन्टा सीमानाकाबाट आवतजावत बन्द भएको छ । गौरीफन्टा नाका भएर भारतबाट आउने नेपाली टीकापुरको खक्रोला र नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल भित्रिन बाध्य भएका छन् । राजमार्ग अवरुद्ध बने पनि खाद्य तथा इन्धनलगायतका उपभोग्य सामग्री आपूर्तिमा समस्या भएको छ ।

नेपाल जोड्ने मुख्य राजमार्ग बगाएपछि लामो ताथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैन । त्यसको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपाली बजारमा परेको छ । गौरीफन्टा नाका भएर भित्रिने सामानको अभाव भएको छ भने खाद्यान्नलगायतको मूल्य आकासिएको छ । सुदूरपश्चिम प्रदेशका लागि भारतको बन्थरा डिपोबाट गौरीफन्टा हुँदै धनगढीको डिपोमा इन्धन आयात हुन नसकेकाे नेपाल आयल निगम शाखा धनगढीले बताएकाे छ ।

नेपाल आयल निगम धनगढी शाखाका प्रमुख हरिदत्त जोशीले गत आइतबारदेखि इन्धनको आपूर्ति बन्द भएको जानकारी दिए । उनले भने, “सडकका कारण ढुवानीमा समस्या भएकाले नेपालगन्जबाट ल्याउँदै छौ । गत आइतबारको वर्षाले क्षति पुगेको सडक मर्मत हुन सकेको छैन ।” 

पानीको सतह नघटेका कारण सडक मर्मतमा समस्या भएको भारतीय पक्षले जनाएको छ । “इन्धन आपूर्तिको रुट परिवतर्नका लागि केन्द्रको निर्णय चाहिन्छ । ढुवानी भाडामा फरक पर्छ,” जोशीले भने। बन्थरा डिपोबाट इन्धनको आपूर्ति गर्न समस्या भएपछि आयल निगमले नेपालगन्जबाट इन्धन ढुवानी थालेको छ ।

एक साता बित्दा पनि भारत सरकारले सडक मर्मतमा चासो नदिएको भनाइ भारतीय व्यापारीको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.