Dashain Suvakamana

कैलालीकाे भजनीका बाढी प्रभावितहरू घर फर्किए

Ajai

धनगढी । बिपतग्रस्त भजनी नगरपालिकाका बाढी प्रभावितहरू घर फर्किएका छन् । घर डुबानमा परेपछि विस्थापित भएकाहरू आ आफ्नाे घर फर्किएकाे भजनी नगरपालिकाको कार्यालयले बताएकाे छ ।

केही दिनदेखि घाम लागेपछि प्रभावित घर फर्किरहेका छन् । घरभित्रको हिलो, पानी, फोहोर रहेका कारण सफा गर्दै यहाँ ३१० बढी परिवारहरु बस्ने व्यवस्था गरिरहेका छन् । गत आइतबार आएको बाढीका कारण सो पालिकाका पाँच हजार १४८ घरपरिवार प्रभावित भएका थिए ।

घर डुवान हुँदा उनीहरू सुरक्षित भवन, विद्यालय, हुलाकी राजमार्ग र आफन्तका घरमा बसिरहेका जनाइएको छ । विस्थापितहरू घर फर्कने क्रम सुरु भए पनि दिनभरि सरसफाइलगायतका काम गरेर फेरि सुरक्षित ठाउँमा फर्कने गरेको भजनी नगरपालिकाका विपत् स्रोतव्यक्ति विष्णु न्यौपानेले बताए ।

कान्द्रा, काँढा, पथरैया, मोहना नदीको बाढीका कारण भजनी नगरपालिकावासीले हरेक वर्ष डुबान समस्या झेल्दै आएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.