
काठमाडौं । प्रचण्ड सरकारले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागि कानुनविद्सँग छलफलमा जुटेका छन् ।
भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानुनविद्हरुलाई छलफलका लागि बाेलाएका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार अहिले साँझ ५ः४५ बजेवाट कानुनविद्हरुलाई बोलाएर परामर्श लिइरहेका हुन् । छलफलमा कानुनविद्हरु विपिन अधिकारी, भीर्माजुन आचार्य, शम्भु थापा, हरिहर दाहाल लगायतलाई बाेलाइएकाे छ।
