त्रिशूलीमा बेपत्ता झण्डै ५४ मध्ये १७ जनाको नाम खुल्यो

आज बिहान त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका ५४ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ। बेपत्ता हुने एउटा बसमा गाडी धनी पनि रहेका प्रहरीले जनाएको छ। यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएका जनाएको थियो।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस धनी राजेन्द्र केसी पनि त्रिशूलीमा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।  वीरगन्ज बसपार्क नजिक घर भएका बस चालक जवाहिर महतो पनि त्रिशूलीमा बेपत्ता छन्।

उक्त बसका धनी, चालक र सहचालक पनि यात्रुसँगै नारायणीमा बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा कम्तिमा पनि ६ जना भारतीय रहेका रिजालले बताए। यो बसमा करिब २४ जना रहेको अनुमान प्रहरीले गरेको छ। त्रिशूलीमा खसेकाे अर्काे बसमा झण्डै ३० जना यात्रु सबार हेको अनुमान प्रहरीको छ।

यी हुन् नाम खुलेका बेपत्ता १७ यात्रु

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.