कैलालीको लम्कीमा अचेत अवस्थामा फेला परेका दुई जनाको मृत्यु

धनगढी । कैलालीको लम्कीमा अलग-अलग स्थानमा अचेत अवस्थामा फेला परेका दुई जना पुरुषको मृत्यु भएको छ। अचेत अवस्थामा फेला परेका उनीहरु अस्पताल लैजादा मृत घाेषित भएकाे हुन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–५ बस्ने ५१ वर्षीय सागर वि.क. बाटोमा मंगलवार अचेत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा फेला पेरेका उनलाई उपचारको लागि स्थानिय अस्पताल भल्का लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

यसैगरी मंगलवार नै लम्कीचुहा नगरपालिका–३ खैरेनिको रानिजमरा कुलरिया सिँचाई आयोजनाको नहरको माथि अर्का पुरूष अचेत अवस्थामा फेला परेको थिए। नहरको माथि अचेत अवस्थामा फेला परेका ती पुरुषलाई उपचारको लागि लाल रत्न अस्पताल लम्की लगेकोमा चिकित्सकले चेकजाँच गर्दा उनलाई पनि मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

नहरको माथि फेला परेका ती पुरुषको अहिलेसम्म नाम, थर नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.