साउन १ देखि भेरिफाई नभएका ईसेवा, खल्ती, आईएमई पे र प्रभु पे अकाउन्ट नचल्ने, रकम फ्रिज हुने

आउँदो १ साउनदेखि केवाईसी भेरिफाई नभएका वालेट अकाउन्टहरू नचल्ने भएका छन् । नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा, खल्ती, आईएमई पे तथा प्रभु पेले ‘केवाईसी जरुरी छ’ नामक साझा अभियानको थालेका हुन् ।

राष्ट्र बैंकका अनुसार साउनपछि केवाईसी प्रमाणीकरण नभएका डिजिटल वालेट प्रयोगकर्ताको कारोबार सञ्चालन रोकिनेछ । यसका साथै त्यस्ता प्रयोगकर्ताहरूको वालेटमा भएको रकम फ्रिज हुनेछ । केवाईसी प्रमाणीकरण गरिसकेपछि मात्र उक्त खाता पुनः सञ्चालनमा आउनेछ ।

“डिजिटल भुक्तानी सेवालाई सरल बनाएर ईसेवा प्रयोगकर्ताहरूलाई थप सहजता प्रदान गर्न केवाईसी एकदमै महत्त्वपूर्ण कदम हो,” ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने । “प्रयोगकर्तालाई डिजिटल ठगीबाट जोगाउनुका साथै गैरकानुनी गतिविधिहरूमा डिजिटल वालेटको दुरुपयोग रोक्न केवाईसी प्रमाणीकरण अत्यन्तै महत्त्वपूर्ण छ,”

उनले भने, अनलाइन ठगीबाट ग्राहकहरूलाई बचाउनुका साथै जानेर वा अनजानमा हुने आपराधिक क्रियाकलाप रोक्न पनि यस्ताे गरिएकाे हाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.