सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ ।एमालेबाट सरकारमा सहभागी तिन मन्त्रीहरुले राजिनामा दिदै सरकारको समर्थन फिर्ता लिएको हो ।

राजिनामापछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीलाई एमाले र काग्रेंसले मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । नेकपा एमालेबाट सुदुरपश्चिम सरकारमा सहभागी आर्थिक मामिला मन्त्री शुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा शार्की र बन वातावरण तथा सहकारी मन्त्री बिर बहादुर थापाले मुख्यमन्त्री कार्यालयमा राजिनामा बुझाएका हुन् ।

मुख्यमन्त्री काठमाण्डौँ भएकाले मुख्यमन्त्री कार्यालयमा राजिनामा बुझाएको जनाउदै एमालेले समर्थन समेत फिर्ता लिएकाे बताएकाे छ । एमालेले मुख्यमन्त्रीको सचिवालयमा समर्थन फिर्ताको पत्र दर्ता गराएर दलका नेता राजेन्द्र सिहं रावलले फोन मार्फत मुख्यमन्त्री सोडारीलाई जानकारी गराएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.