Dashain Suvakamana

एसइईमा दुई विषयमा ‘नन ग्रेडिङ’ आएकाले पूरक परीक्षा दिन पाउने

Ajai

काठमाण्डौं । एसइईमा दुई विषयमा नन ग्रेडिङ (एनजी) आएका विद्यार्थीहरूले एक महिनापछि पूरक परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ती विद्यार्थीका लागि एक महिनापछि पूरक परीक्षा हुने जानकारी दिए ।

बोर्डका अनुसार ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ । तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ । उनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए ।

त्यस्तै, २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.