‘सिक्दै कमाउँदै’ समैजी मुद्राडका महिला तरकारी खेतीमा

डडेलधुराको अजयमेरु गाउँपालिका–१, समैजी मुद्राड गाउँका स्थानीय महिला तरकारी खेती सिक्दै कमाउँदै आइरहेका छन् । कृषि ज्ञान केन्द्रले किसानका बारीमै प्रशिक्षक पठाइ सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेकाले यहाँ ३० बढी महिला सामूहिक रूपमा तरकारी खेती गर्न थालेका हुन् । 

केन्द्रले एकीकृत शत्रुजीव व्यवस्थापन कृषक पाठशाला सञ्चालन गरेपछि मुद्राड गाउँका महिलाहरु सामूहिक रूपमा तरकारी खेती गर्न अभ्यास गर्दै पहिलाे पटक भेडेखुर्सानी उत्पादन गरेका छन् । तरकारी खेती गर्न खनजोतदेखि बेर्ना राख्ने, मलजल गर्ने, गोडमेल गरेर बजारसम्म पु¥याउने गरेर पाठशालामा महिलालाई सिकाइएको कृषि ज्ञान केन्द्रका प्रमुख खेमराज पनेरूले बताए। 

सडक पुगेको मुद्राड गाउँमा सिँचाइका लागि कुलोको व्यवस्था र उर्वर भूमिसमेत भएकाले व्यावसायिक रूपमा तरकारी खेती गरेर सक्षम हुन उनकाे अपेक्षा छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.