आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रतिनिधिसभाबाट बजेट पास

धनगढी । संघीय सरकारकाे आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो।

अर्थमन्त्री वर्षमान पुनले बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाए।

बहुमत सांसदहरुको समर्थनसँगै सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.