घरमा चलिरहेको पंङ्खा खस्दा एक जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा चलिरहेको अवस्थामा टेबुल पंङ्खा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।जिल्लाको बेदकोट नगरपालिका–७ गाउजी बस्ने ६८ वर्षीय रत्न प्रकाश लामिछाने आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि महाकाली प्रादेशीक अस्पताल पुगाइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.