धनगढीमा राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न

धनगढी । चलचित्र विकास बोर्डको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि शुरु भएको राष्ट्रिय बालचलचित्र महोत्सव–२०८१ सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्धारा उद्घाटित महोत्सबमा स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरुको प्रतिभा प्रस्तुतीसँगै विभुता सिटौलाद्धारा निर्देशित बाल चलचित्र शिलाबाला प्रदर्शन गरिएको थियो ।

तीन दिनसम्म चलेको उक्त महोत्सवमामा १ दर्जन बढी बाल चलचित्रहरु प्रदर्शन गरिएका थिए भने चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाहरुद्वारा निर्माण गरिएका चलचित्रहरु पनि महोत्सवमा प्रदर्शन गरिएको थियो ।

No description available.महोत्सव संयोजक तथा बोर्ड प्रवक्ता केएल बुढाथोकीकाअनुसार बोर्ड अध्यक्ष भुवन केसीले बालबालिकासँग भुवन केसी कार्यक्रममा आफ्नो चलचित्र यात्राबारे बालबालिकासँग संवाद तथा अन्तरक्रिया गर्नुभएको थियो । बालबालिका, चलचित्रकर्मी, शिक्षक तथा अभिभावकसँग चलचित्रमा बालबालिकाका कुरा विषयक अन्तरक्रियासमेत गरिएको थियो ।

यस्तै, महोत्सवकैक्रममा चलचित्र निर्माण कार्यशाला मेरो कथा मेरो चलचित्र शुरु गरिएको थियो । सो कार्यशालामा २१ जना बालबालिकाले प्रशिक्षण लिएका थिए । चलचित्र सम्बन्धी फोटो प्रदर्शनी महोत्सवको आकर्षणको रुपमा रहेको थियो ।

बालबालिकालाई आफ्नो कथा भन्ने तथा हेर्ने वातावरण तयार गरेको थियो । चलचित्रमार्फत शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने, बालबालिकाको मनोरञ्जनको अधिकारको प्रवर्द्धन गर्ने गरेको बोर्डका सदस्य सचिव राजेश थापाले बताए । उनकाअनुसार चलचित्रमार्फत बालबालिकाहरुको भावना, धारणा र व्यवहारमा परिस्कार ल्याउने तथा सिनेमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव सफल र उपलब्धिमूलक रहेको छ ।

यसअघि बोर्डले गत वर्ष लुम्बिनी प्रदेशको दाङमा प्रहिलो बाल चलचित्र महोत्सव आयोजना गरेको थियो ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.