Dashain Suvakamana

धनगढीकाे एक होलसेल पसलमा आगलागी हुँदा साढे २ करोडको क्षति

Ajai

धनगढी । कैलालीको धनगढीस्थित एक होलसेल पसलमा आगलागी भएको छ। गएराति (विहिबार) विद्युतको तार सर्ट भएर होलसेल पसल जलेर खरानी भएको हो।

धनगढी उपमहानगरपालिका–४ स्थित जिएस ट्रेडर्समा आगलागी हुँदा पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएको कैलाली होलसेल व्यवसायी संघका अध्यक्ष देवराज पाण्डेले बताएका छन् ।

श्यामकृष्ण खतिवडाको होलसेल पसलमा महंगामंहगा सामान राखिएको थियो तर, जलेर सबै खरानी भएको अध्यक्ष पाण्डेले बताए। उनका अनुसार साढे २ करोडको रेडिमेट सामान लुगाकपडाहरु जलेर नष्ट भएको छ। राति साढे ९ बजेतिर आगलागी भएको हो।

आगलागि भएपछि दुईवटा दमकलको सहायताले आगो नियन्त्रणमा ल्याउने काम भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.