बाैद्धिक अपांगता अभिभावक कैलालीकाे दाेश्राे सरधारणसभा सम्पन्न

धनगढी । बाैद्धिक अपांगता अभिभावक संघ कैलालीकाे दाेश्राे बार्षिक सधारणसभा सम्पन्न भएकाे छ । शनिवार सम्पन्न सधारणसभाकाे उद्घाटन धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले गरेका थिए । 

उद्घाटन समाराेहमा बाेल्दै अध्यक्ष ऐरले स्थानीय सरकार असहाय अपांगता भएका ब्यक्तिकाे अभिभावकत्व निभाउन हरदम तयार रहने तर संघ संस्थाले गर्ने कुनैपनि काम तथा कार्यक्रम बारे लाभग्राहीसंगै स्थानीय सरकारसँग समन्वय हुनुपर्ने बताए । समन्वय भए आफूहरुले पनि सक्दाे साझेदारी गरी कार्यक्रमलाई थप प्रभवकारी बनाउन सकिने उनको भनाई थियो । 

कार्यक्रममा राष्टिय अपांग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदले सधारणसभा सफलताकाे शुभकामना ब्यक्त गरे । यस्तै कार्यक्रममा पेश भएकाे बार्षिक प्रतिवेदन सर्वसहमतले पास भएकाे थियाे । बार्षिक सधारणसभा कार्यक्रममा बाैद्धिक अपांगता भएका ब्यक्ति, अभिभावकसँगै अपांगता र समाजिक क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधीहरुकाे सहभागिता थियाे ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.