३३ अर्बको हाराहारीमा सुदूरपश्चिमकाे बजेट आज सार्वजनिक हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज सार्वजनिक गर्दैछ । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारले आज शनिबार प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेको हो ।

सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्नेछन् । चालु आर्थिक वर्षमा २९ अर्ब २६ करोड बजेट ल्याएको सरकारले अगामी वर्षका लागि भने आकार वृद्धि गरेर ल्याउदैछ ।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले ३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने गरी तयारी भइरहेको बताए । ‘बजेटको तयारीमै भएकाले आकारबारे यकिन भन्न सकिएन तर चालु वर्षकोभन्दा ठूलो बजेट आउँछ,’ पालले भने, ‘३२ देखि ३३ अर्बको हाराहारीमा हुने गरी बजेट ल्याउने हाम्रो तयारी छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.