दक्षिण अफ्रिकासँग १ रनले हारेपछि नेपाल विश्वकपबाट बाहिरियाे

धनगढी । आईसीसी टी-२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ । अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर-८ मा पुग्ने टोलीलाई २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर थियो ।

समूह डी मा रहेको नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर-८ को सम्भावना समाप्त भएको हो । भारत र श्रीलंका आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् ।

सुपर-८ मा पुग्ने भारत बाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान बनाउने छन् । सुपर ८ बाहेक आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् ।

आईसीसीको टी-२० आई वरीयतामा नेपाल १८औं स्थानमा छ । वरीयताबाट पनि सोझै विश्वकप खेल्ने सम्भावना नभएसँगै नेपालले एसिया छनोट खेल्नेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.