Dashain Suvakamana

मुख्यमन्त्री कार्यालयका अधिकृत शाहबिरुद्ध अख्तियारमा मुद्दा

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा कार्यरत शाखा अधिकृत (सातौं तह) लक्ष्मण शाह विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्दै विशेष अदालतमा मंगलबार मुद्धा दायर गरिएको हाे।

शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भन्दै झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जागिर खाएको अख्तियारको दाबी छ ।

निजामती सेवाको कम्प्युटर अपरेटर पदमा प्रवेश गरी शाहले बढुवा भएर हाल शाखा अधिकृत (सातौं तह) मा बहाल रही निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।

शाहलाई उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिएर विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.