Dashain Suvakamana

धनगढीमा १३ वर्षीय बालक झुण्डिएकाे अवस्थामा मृत फेला

Ajai

धनगढी । कैलालीको धनगढीमा १३ वर्षीय बालक झुण्डिएको अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका–३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा आफ्नै घरको काठको बलोमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

परिवारले देखेर पासो फुकाली चटकपुरमै रहेकाे स्वस्तिक अस्पतालमा उपचार गर्न लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले उनको शव पोष्टमार्टमका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.