माधव नेपालका कारण सुदूरपश्चिम सरकार विस्तारमा ढिलाई

धनगढी । उधोग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकै कारण सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको बताएका छन् । प्रेस चौतारी नेपाल कैलाली साखाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले यस्ताे बताएका हुन् ।

 माधव नेपालको बिपक्षीसँग टासिने प्रबृतीकै कारण सुदुरपश्चिम सरकारमा माओवादी र एमालेले मन्त्री नपठाएको बताए । ‘त्यो प्रवृत्ति लामो समय सम्म रहँदैन।छिटै त्यसको निरूपण हुन्छ त्यहि कारणले यहाँ सुदूरपश्चिम सरकारले पाउने पूर्णता त्यस्तै प्रवृत्तिले प्रश्नहरू जन्माइरहेका छन्’ उनले भने ।

कम्युनिस्ट भएर पनि अग्रगमन पक्षधरताहरुको राजनीतिक शक्तिहरूसँग नमिलेको भन्दै उनले नेपालको आलोचना गरेका थिए । ‘संसद्मा रहेका माननीयहरूको लिगेसिका हिसाबले पनि कम्युनिस्ट पार्टी भनिराख्नुहुन्छ । कम्युनिस्ट पार्टीको लामो समय सम्मको यात्रा पनि उहाँले गर्नु भएको छ ।

तर, अग्रगमन पक्षधरताहरुको राजनीतिक शक्तिहरूको सहकार्यमा उहाँ किन विचलित हुँदै हुनुहुन्छ’ उनले भने, ‘उहाँ सत्तामा रहिरहने प्रतिपक्षसँग साइनो सम्बन्ध देखाइरहने कुरा उचित होइन । उहाँको ती प्रवृत्तिगत कुराले यहाँको सरकारले पूर्णता पाउने कुरामा समस्या पैदा भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.