
धनगढी । पछिल्ला दिन सुदूरपश्चिमका कैलाली कञ्चनपुर सहित नेपालका पश्चिम तराईमा अत्याधिक गर्मी बढेकाे छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।
जसले गर्दा यहाँकाे जनजीवन नै प्रभावित बनेको छ। काम गरि खाने सबैजसाे मजदूर विधार्थी बृद्धबृद्धा सबैभन्दा बढी मारमा परेकाे र बिरामी परेर अस्पताहरुमा पनि भर्नाहुन आउनेकाे संख्या पनि दिन-प्रतिदिन बढ्दै गएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।
उता माैसम विभागले पनि आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने अनुमान गरेकाे छ। गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत उसले अनुरोध गरिएको छ।
तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ।
तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत) आदि प्रशस्त मात्रामा पिउन महाशाखाले आग्रह गरेको छ।
