धनगढी । सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बहादुर बिश्वकर्मा नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नवनियुक्त बिश्वकर्मालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
झण्डै अढाइ दशकदेखि मानवधिकारको क्षेत्रमा क्रियाशील रहेका बिश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी समाजवादीका पोलिटब्यूरो सदस्य हुन्। उनले आज नै आयोगमा गएर पद बहाली गरेका छन् । 