डडेलधुरा। नवदुर्गा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७८-२०७९ को असारमा सम्पन्न गर्ने गरी ६ करोड कुल लागतमा ठेक्का भएको भवन निर्माणको काम ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको हो । भवन निर्माणको काम सम्पन्न नभएको बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागतमा प्रशासनिक भवन निर्माणका लागि आर्थिक वर्ष २०७६-०७७ मा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी स्वर्गद्वारी ड्रागन जेभी कन्ट्रक्सनसंग चार करोड ७४ लाख रुपियाँ बराबरमा भवन निर्माणको ठेक्का भएको जानकारी नवदुर्गा गाउँपालिकाका सूचना अधिकारी करुणाकर भट्टले दिए।
निर्माण व्यवसायीले अलि अलि काम गर्दै भुक्तानी लिँदै जाने गरेका कारण भवन निर्माणको काम अहिले सम्म अधुरै रहेको र पटक पटक म्याद थप गरेर सम्पन्न गरिसक्नु पर्ने तोकिएको समय भन्दा पनि दुई वर्ष बढी भैसक्दासम्म भवन निर्माणको करिब ८० प्रतिशत काम सकिए पनि २० प्रतिशत बाँकी रहेको छ।
चार तला र ३० कोठा रहने भवनमा झ्याल, ढोका, शौचालय, विद्युत् जडानका काम बाँकी रहेका छन् । उनले भने, ‘ठेकेदारलाई घचघच्याइउदा थोरै कामदार ल्याएर केही काम गर्नुहुन्छ । भएको कामको भुक्तानी माग्नुहुन्छ फेरी हराउनु हुन्छ ।’