Dashain Suvakamana

महिला टी-२० क्रिकेट उपाधिका लागि एपीएफसँग सुदूरपश्चिम भिड्दै

Ajai

काठमाडौँ । ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सुदूरपश्चिम प्रदेश भिडिरहेकाे छ । प्रतियोगिताको फाइनल खेल अहिले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेकाे छ। 

एपीएफ क्लबले लिग चरणमा चारवटै खेलमा जित हासिल गरेर फाइनलमा पुगेकाे हाे। एपीएफ क्लब आठ अंकसहित तालिकाको पहिलो स्थानमा रह्यो । सुदूरपश्चिम प्रदेशले भने चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो।

सुदूरपश्चिम प्रदेश ६ अंकसहित तालिकामा दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। तेस्रो स्थानमा रहेको ललितपुर मेयर–११, चौथो स्थानमा आसिन कोशी प्रदेश र पाँचौँ स्थानमा रहेको बागमती प्रदेश भने लिग चरणबाटै बाहिरिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.