कैलालीकाे चुरेले दियाे किसानलाई अनुदानमा हाते ट्याक्टर

धनगढी । कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गरेकाे छ। गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गर्ने भएको हो। गाउँपालिकाका छवटै वडाबाट ५८ जना किसानले हाते ट्र्याक्टर अनुदानका लागि निवेदन दिएकामा २३ जनालाई ट्र्याक्टर वितरण गरिने कृषि शाखा प्रमुख दीपकराज पाण्डेयले बताए। 

सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत सो गाउँपालिकाका छवटै वडाबाट छनोट भएका ती किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिन लागेको उनले बताए। किसानलाई अनुदानमा प्रति किसान रु एक लाख २५ हजारको लागतमा हाते ट्र्याक्टर वितरण हुन लागेको हो।

कृषिको आधुनिकीकरण तथा उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराइने कार्यक्रमलाई प्राथमिकता राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए। चुरे गाउँपालिका अदुवा, सुन्तला, कृषि, पशुपालनको पकेट क्षेत्रका रुपमा चिनिँदै आएकाले कृषकलाई व्यावसायिक रुपमा कृषिमा आत्मनिर्भर बनाउने नीति गाउँपालिकाले लिएको उनले बताए।

यसैगरी गाउँपालिका र जिआइजेडको लागत साझेदारीमा किसानको मागलाई ध्यानमा राखेर गाउँपालिकामा माटो परीक्षण ल्याब सञ्चालन गर्ने भएको छ। लागत साझेदारीमा चालु आवभित्रै सिँचाइका लागि गाउँपालिका छवटै वडामा दुई सय वटा सिमेन्ट ट्याङ्की, दुई वटा पोखरी, दुई वटा हाइटेक नर्सरी निर्माण गरिने चुरे गाउँपालिकाले जनाएको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.