धनगढी । नेकपा (माओवादी) केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान बसेकाे सो पार्टीको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन। मुख्यमन्त्रीलाई विश्वासको मत दिनका लागि ह्विपसमेत जारी गरेको संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए।