ढुङ्गा प्रहार गरी कञ्चनपुरकाे बेलौरीमा शिक्षकको हत्या

धनगढी । कञ्चनपुरकाे बेलाैरीमा ढुङ्गा प्रहारबाट एक शिक्षकको मृत्यु भएको छ । ढुङ्गा प्रहारबाट जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ का ६३ वर्षीय लच्छी चन्दको मृत्यु भएको हो । चन्द स्थानीय महाकाली माध्यमिक विद्यालयका पूर्व शिक्षक हुन् ।

ईलाका प्रहरी कार्यालय बैलौरीका ईन्चार्ज प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार बैतडी घर भई भारत हुदै हाल बेलौरी बस्दै आएका ३६ वर्षीय महेश भण्डारीको ढुङ्गा प्रहारबाट चन्दको मृत्यु भएको हो । बेलुका घर फर्कने क्रममा भण्डारीले चन्दलाई ढुङ्गा प्रहार गरेका थिए ।

भण्डारीले गरेको ढुङ्गा प्रहारपछि घाइते भएका चन्दलाई प्रहरीले उपचारका लागि बेलौरी पुगाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका उनलाई धनगढी रिफर गरिएको थियो । ढुङ्गा प्रहारबाट भण्डारीको मुख र टाउँकोमा गम्भीर चोट लागेको थियो ।

‘खबर पाए लगत्तै हामी तुरुन्त घटनास्थल पुगेका थियौं’ प्रहरी निरीक्षक जैशीले भने, ‘गम्भीर घाइतेलाई उपचारका लागि बेलौरी पुगाएका थियौं । त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो । उहाँको धनगढीमा निधन भएको हो ।’

बजारदेखि घर जाने क्रममा बाटोमा रोकेर ढुङ्गा प्रहार भएको रहेछ । ढुङ्गा प्रहार गर्ने भण्डारी फरार रहेको निरीक्षक जैशीले बताए । शिक्षक चन्दलाई बाटोमा रोकि ढुङ्गा प्रहार भएको थियो। ढुङ्गा प्रहार गर्ने भण्डारी फरार रहेको बताउदै निरीक्षक जैशीले भने “घटना बारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.