Dashain Suvakamana

चरेश र खैरो हेरोईनसहित कञ्चनपुरबाट ३ जना पक्राउ

Ajai

महेन्द्रनगर। चरेश र खैरो हेरोईनसहित कञ्चनपुरबाट ३ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका १० गड्डाचौकीबाट सोही ठाउँ बस्ने २६ वर्षीय नबिन कार्कीको घरबाट १९५ ग्राम चरेश, २१ वर्षीय दिपक कार्कीको घरबाट १.५८ ग्राम खैरो हिरोईन र २७ वर्षीय कुश कार्कीको घरबाट ०.१५ ग्राम खैरो हिरोईन (लागूऔषध)सहित तिनै जनालाई आइतवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.