
चितवनको भरतपुर महानगरपालिका–१४ बरौजीमा रहेको चौधरी टोलका २४ वर्षीय निर्मल कुमार महतोले आफ्नै कोठामा पंखामा भुण्डिएको अवस्थामा फेला परेका छन्। आत्महत्याको कारण न खुले पनि शंकाको सुई भने निर्मलले केही समय अघिसम्म काम गर्दै आएको सनराइज सहकारी संस्थातिर तेर्सिएको छ।
विगत ३/४ बर्ष अघि देखि नै उक्त सहकारीमा काम गर्दै आएका निर्मल सहकारीले बचतकर्ताहरूको रकम फिर्ता दिन नसकेपछि तनावग्रस्त देखिन्थे। सहकारीकै कारण निर्मलले आत्माहत्याको बाटो रोजेको हुन सक्ने शंका परिवारले गरेका छन्। यता, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजाल घटनाबारे अनुसन्धान भइरहेको बताए।
मृतकको साथबाट आइफोन र एनरोइड मोबाइल फेला परेको छ। तर, सुसाइट नोट फेला परेन।
