प्रादेशिक आयुर्वेद चिकित्सालयबाट उपचार सेवा लिने घट्दै

धनगढी । चिकित्सालयमै जडीबुटी प्रशोधन गरि औषधी उत्पादन र निशुल्क उपचार सेवा संचालन गरेको धनगढी राजपुरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयबाट उपचार सेवा लिने घट्दै गएका छन्। भब्य भवनसहित करोडौंको लगानीमा तीन बर्षदेखि संचालित रहेको उक्त आयुर्वेद चिकित्सालयबाट उपचार सेवा लिनेको संख्या भने  घट्दै गएको पाईएको हो।

प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक बर्ष २०८०/८१ को नौ महिनामा १९ हजार छ सय २९ जना बिरामीलाई उपचार सेवा दिएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका डा.दुर्गाप्रसाद ढुङ्गानाका अनुसार यसअघि आर्थिक वर्ष २०७९/८० मा २९ हजार सात सय ४७ बिरामीले उपचार सेवा लिएका थिए ।

आयुर्वेद चिकित्सालयमा होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्स-रे, पूर्वकर्म, पञ्चकर्म, शिरोधारा, छारसूत्रद्वारा पायल्स, फिसर, फिस्टुलालगायतको उपचार सेवा दिँदै आएको उनले जानकारी दिए। “अन्य प्रदेशको तुलनामा आयुर्वेदिक क्षेत्रमा सुदूरपश्चिम पछाडि रहेको पाएँ । मैले चिकित्सालयलाई मात्रै होइन यस प्रदेशको समग्र आयुर्वेदिक क्षेत्र सुधार गर्ने सोचेको छु, त्यसको सुरुआत चिकित्सालयबाटै थालेको छु” डा.ठाकुरले भने ।

सुदूरपश्चिम प्रदेशमा सातवटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक अञ्चल आयुर्वेद, ३३ वटा औषधालय र ३० वटा नागरिक आरोग्य सेवा केन्द्र छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.