Dashain Suvakamana

रुखमा बाँधेर जलाएको अवस्थामा युवकको शव फेला

Ajai

धनगढी। रूखमा बाँधेर जलाएको अवस्थामा काभ्रेमा एक युवक मृत भेटिएका छन्। पाँचखाल नगरपालिका-४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चामा युवक मृत अवस्थामा भेटिएका हुन् ।

युवकको मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शुक्रबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । करिब २५ वर्षीय मृतक युवकको पहिचान भने खुल्न सकेको छैन।

युवकको २०/२५ दिनअघि नै हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। अहिले कुकुरसहितको टोली गएर अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.