ज्यानमार्ने मुद्दाका कसुरदार पार्वती र ऋतु ४ बर्षपछि पक्राउ

धनगढी । कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ की पार्वती र ऋतुलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार कृष्णपुर नगरपालिका-४ की २६ वर्षीया पार्वती सार्की र ३४ वर्षीया ऋतु सार्कीलाई हिजो पक्राउ गरिएको हो । 

कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनीहरुलाई २०७७ वैशाख १६ गते कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ अनुभति भएको थियो ।

दुबै जनालाई इलाका प्रहरी कार्यालय गुलरीयाको टोलीले पक्राउ गरी ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.