मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भनिएको प्रदेश सभा बैठक स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफूसँग प्रदेश सभामा बहुमत रहेको देखाउने  बैठक नै स्थगित भएको छ।नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगर्दा मुख्यमन्त्रीका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित हुन पुगेको हो।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार साँझ ५ बजे बोलाइएको बैठक शनिबार साँझ साढे ५ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। सत्ता पक्षबाटै विश्वासको मत नपाइने खतरा बढेपछि मुख्यमन्त्री सोडारीको आग्रहमा प्रदेशसभाको बैठक स्थगित गरिएको हो।

सल्लाह नै नगरी विश्वासको मत लिन खोजेको भन्दै सोडारीलाई मत नदिने एमालेले बताएको थियो। नागरिक उन्मुक्ति पार्टी विश्वासको मतबारे विभाजित छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.