Dashain Suvakamana

पत्रकार भवानी ऐर ‘प्रेस स्वतन्त्रता सेनानी’ बाट विभूषित

Ajai

धनगढी । सुदूरपश्चिमलाई कार्यथलो बनाई विगत २२ दर्षदेखि पत्रकारीता गदैै आएका पत्रकार भवानी ऐर प्रेस स्वतन्त्रता सेनानी पुरस्कारवाट विभूषित भएका छन् । बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले उनलाई आज सम्मान गरेको हो ।

काठमाण्डौंमा आयोजित नेपाल पत्रकार महासंघको २७ महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले उनलाई प्रमाणपत्र र दोसल्ला ओडाई सम्मान गरेको हो । गोरखापत्रको लागि डडेल्धुरामा कार्यरत रहेका बेला समाचार संकलनकैक्रममा उनी २०६५ असोजमा सडक दुर्घटनामा परी गम्भीर घाईते भएका थिए । उनीसँग युद्ध पत्रकारिता गरेको अनुभव पनि छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा पुग्ने उनी पहिलो अपांगता पत्रकार पनि हुन् । दुर्घटनापछि अपाङ्गता अवस्थामै २०६८ सालबाट उनी गोरखापत्र संस्थानका लागि कैलाली जिल्ला रिर्पोटर रहेका छन् ।

अग्रज पत्रकार ऐरले धनगढीबाट समावेशी आवाज साप्ताहिक पत्रिका र सुदूरआवाज डट कम न्यूज पोर्टल अनलाईन पनि चलाई आवाज बिहिनको आवाज बनेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.