मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने बैठक नै अनिश्चित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भनिएकोमा कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न सकिरहेको छैन। जसले गर्दा आजको संसद् बैठकमा उनले विश्वासको मत लिने विषय अझै अनिश्चित भएको हो।

यसअघि १८ गते नै उनले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए ।सोही सूचनाको आधारमा आज ५ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

मुख्यमन्त्री सोडारीले आज बिश्वासको मत लिने तयारी गरेपनि संसद् बस्ने विषय भने अझै अनिश्चित छ ।आज बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको थियो ।

तर अहिलेसम्म पनि बैठक बस्न सकिरहेको छैन । एमालेले आज विश्वासको मत नदिने भनेपछि आज प्रदेश सभा बैठक नै नबस्न सक्ने बताइएको छ । यसैबीच नागरिक उन्मुक्ति पार्टी रेशम पक्षले आज सोडारीलाई बिश्वासको मत नदिन ह्विप जारी गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.