‘श्रमिक दिवसलाई एकता र संघर्षको रुपमा अगाडि बढाउनु पर्ने’ नेता पोख्रेल

धनगढी। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले श्रमिक दिवसलाई एकता र संघर्षको रुपमा अगाडि बढाउर्ने बताएका छन् । बुधबार १३५ औँ मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मजदुरको पक्षमा बनाइएका कानुनहरु सही हिसाबले कार्यान्वयन नभएकाले खुशियाली मनाउनु पर्ने दिनमा पनि हामीले संघर्ष गर्नु परेको भन्दै  ‘यहाँ मजदुर विरोधीलाई क्रियाशील बनाइएको छ । तर, मजदुर पक्षमा भएका कुराहरुलाई चाहीँ कमजोर बनाइएको छ ।’

अनौपचारिक क्षेत्रका श्रमिकलाई संगठित गर्ने काम अझै व्यवहारिक रुपले अघि बढ्न नसकेको बताउँदै उनले औधागिक नीति ठीक ढंगले कार्यान्वयन हुन नसकेको बताए । ‘कारखानामा काम गर्ने राम्रो वातावरण नभएर श्रमिक कारखाना भित्र ६ महिना पनि टिक्न सक्दैनन्’,उनले भने ।

त्यस्तै उनले मजदुर विकसित हुन समयअनुसारको प्रविधिको जानकार हुनुपर्ने बताए । उनले भने ‘श्रमिकले मेसिन चलाउन जान्नै पर्ने हुन्छ । जानेन भने उसले रोजगारी पाउन सक्दैन । मेसिन चलाउन जान्ने भएकाले मजदुर बैज्ञानिक चेतयुक्त हुन्छन् ।’

श्रमिक दिवस सबैले आ-आफ्नो देशको विशिष्टता र राष्ट्रिय परिवेशमा मनाउने गरेको बताउँदै भने ‘हामीले संविधानले निर्दिष्ट गरेका मौलिक हकहरुलाई कार्यान्वयन गर्नका लागि श्रमिक दिवसको सदुपयोग गर्नुपर्ने छ ।’

अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी निकटस्त मजदूर नेतासंगै सांसद, पार्टी नेता कार्यकर्ता सहभागी थिए ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.