नवजीवनको कर्तुत: नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह

धनगढी। सहकारी मार्फत सर्बसाधारण निक्षेपकर्तको लूट मच्चाईरहेका सहकारीमा आफु दुधले धोएको शुद्ध र चोखो रहेको भन्ने कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडमा विभिन्न नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह गरेको पाइएको छ। सहकारीमा अनियमितता भैरहेको समाचार सार्वजनिकरुपमा आइरहेका बेला सुदूर आवाजले गरेको सुक्ष्म अध्यनमा यस्तो देखिएको हो ।

यो बिषयलाई ढाकछोप गर्न संचालक समितिले विभिन्न नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह गरेका १० जना कर्मचारीमाथी २४ घण्टे स्पष्टीकरण सोधेको हो । नक्कली फाइल बनाएर डेढ करोड ऋण प्रवाह गरेको कुरा बाहिरिएपछि सहकारीले सहकारीका उपाध्यक्ष चेतराज ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। सोही छानबिनपछि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण समेत सोधिएको थियो।

सहकारीका महाप्रबन्धक डम्मरसिंह गुरुले उक्त कुरा बाहिरिएपछि सहकारीका उपाध्यक्ष ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताए । सहकारी संस्थाका  १० कर्मचारीले दोस्रो पटक स्पष्टीकरणमा सो घटनामा संलग्न रहेको भटिएको र सहकारीको कार्यमा बेवास्ता गरेको र चित्त बुझ्दो जवाफ नदिएको भन्दै कारबाही गरिएको बताए। छानबिन समितिले बुझाएको प्रतिवेदनपछि सहकारीको सञ्चालक समितिले १० कर्मचारीको घटुवा र पदोन्नति रोक्का गर्ने निर्णय गरिएको छ, उनले भने ।

यस्तै नक्कली फाइल प्रमाणीकरण तथा सदर गर्ने धनगढी मुख्य शाखाका सहायक महाप्रबन्धक एवं तत्कालीन धनगढी मुख्य शाखा प्रमुख प्रेमराज जोशी, धनगढी शाखाका ऋण विभाग प्रमुख धनन्जय भट्ट र दीर्घराज जोशीको घटुवा र पदोन्नति रोक्का भएको उनले बताए। उक्त प्रकरणमा सहभागी भएका भरतबहादुर बस्नेत, श्यामराजा शाह, खगेन्द्रराज जोशी, चेतराज पाण्डेय, कटक बाहदुर ओलि, सत्यनारायण चौधरी र लक्ष्मण राज ओझाको ग्रेडसम्म खोसुवा गरि कारबाही गरिएको छ।

२०५० सालमा स्थापना भएको नवजीवन सहकारीका १० वटा शाखा कार्यालयहरू छन् । देशैभरी कार्यक्षेत्र बनाएको सहकारीका २६ हजार बढी शेयर सदस्य छन् ।

 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.