सुदूरपश्चिमको कृषि मन्त्रीमा नाउपाकी टीका थापा नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।

थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्। थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराएका हुन् । यसअघि मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो । नाउपाबाट यसअघि कैलाश चौधरी भौतिक मन्त्रीको शपथ खाइसकेका छन् ।

अब मुख्यमन्त्री सोडारीले आगामी शुक्रबारसम्म विश्वासको मत लिने गरी छलफल अघि बढाएका छन्। एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.