Dashain Suvakamana

वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई १० रनले हरायो

Ajai

काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार घरेलु टोली नेपाल पराजित भएको छ । वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई १० रनले हराएको हो ।

वेस्ट इन्डिजको जितसँगै पाँच खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । शनिबार खेलिएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङ गर्दै सात विकेट गुमाएर एक सय ६० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.