वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६० रन बनाएको हो।

वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले ४३ रन जोडे । गुडाकेश मोतीले ३३, कप्तान रोस्टन चेसले २३ र जोन्सन चार्ल्सले ११ रन बनाए । साथै, एलिक एथेनाजेले ६, केसी कार्टीले १० र आन्द्रे फ्लेचरले १३ रन जोडे ।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले २/२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एक/एक विकेट लिए । यसअघि शनिबार भएको सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.