दार्चुलाको तिङ्कर नाकाबाट चीन जान पास वितरण हुँदै

दार्चुला। दार्चुलाको तिङ्कर नाकाबाट चीन जान पास वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट बिहीवारदेखि पास वितरण गर्न थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार व्याँस गाउँपालिकाका बासिन्दालाई चीनसँग जोडिएको तिङ्कर नाका जान पास वितरण थालिएको हो । उनले पहिलो दिन दुई जनालाई पास वितरण गरिएको बताए । उक्त पासको म्याद एक वर्षको हुने र नेपाल–चीन सीमा क्षेत्रका बासिन्दा तथा नेपाली नागरिकताको प्रमाणपत्र भएका व्यक्तिले पाउने बताइएको छ ।

कोरोना भाइरसको कारण सन् २०२० देखि दार्चुलासँग सीमा जोडिएको तिङ्कर नाका बन्द थियो । चीनसँग हुँदै आएको व्यापार रोकिएको भन्दै दार्चुलाका स्थानीय व्यवसायीले नाका खोल्न माग गर्दै आएका थिए । अहिले नाका खुल्ने चर्चासँगै छाङरू–तिंकरका व्यवसायी खुसी भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.