अबैध धन्दाका रेष्टुरेन्ट सञ्चालकसहित ११ जना पक्राउ

धनगढी। अबैध धन्दा संचालन गरिरहेको कञ्चनपुरको एक रेष्टुरेन्टबाट सञ्चालकसहित ११ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहले सोही ठाँउमा सञ्चालन गरेको कालिका रेष्टुरेन्टबाट सिंहसहित ११ जुवाडे पक्राउ परेका हुन्।

कानुनी हिसाबमा जुवा तास खेल्नु र खेलाउनु अपराध हो। उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा ५७ हजार ३२९ नगद र १३१ पत्ति ताससहित पक्राउ गरेको प्रहीले बताएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.