धनगढी-३ का ११० महिलालाई पोषणयुक्त सामाग्री वितरण

धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ११० गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त सामग्री वितरण गरिएको छ। वडा कार्यालयले ६० जना सुत्केरी र ५० जना गर्भवती महिलालाई उक्त सामग्री सहयोग गरेको हो।

गर्भवती महिलालाई एक क्रेट अन्डा, एक पाकेट बदाम र पिस्ता र एक पिस साबुन प्रदान गरिएको छ। यस्तै, सुत्केरी आमालाई एक क्रेट अन्डा, बच्चालाई मालिस गर्ने तेल, स्याम्पू, स्काप र बेबी पाउडर वितरण गरिएको  वडा अध्यक्ष राजबहादुर ऐरले बताए।

सुत्केरी र गर्भवती आमाको पोषणमा सहयोग पुगोस् भनेर पोषणयुक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष ऐरले बताए।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.