मुख्यमन्त्रीमा सोडारी नियुक्ति बिरुद्धको रिट न्यायाधीश बालकृष्णको इजलासमा

काठमाडौ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा अहिले सुनुवाइ हुँदैछ । सोमबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एक इजलासमा उक्त रिटको सुनुवाइका लागि पेशी तोकिएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता एवम् प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर माग गर्नै आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले २२ चैतमा राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका थिए।

नागरिक उन्मुक्तिका तर्फबाट वैशाख २ मा लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेको भएपनि वैशाख ४ गते पुनः दाबी पेश गर्न प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेको थियो । त्यसपछि दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.