Dashain Suvakamana

प्रिय रन्जिता! “मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ”

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका छन्। नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रन्जितालाई अरुले भड्काइरहेको उनको टिप्पणी छ ।

‘केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौँ। तिमी सोझी र अन्जान छ्यौ तर मुडी छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए ।

१. माननीय इन्दिरा गिरिलाई कारबाही गर्न उक्साए ।
२. माननीय घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाउन लगाए ।
३. तिमिलाई उकासी उकासी पत्रमाथि पत्र काट्न लगाए ।
यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो,’ रेशमले भनेका छन्, ‘यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन् । तर अब रोकिनुहुन्न । संवादको सुरुवात गरे दुवैको मन हल्का होला । नबिर्सनु रन्जिता, यिनले हामीलाई राम्रो नाच्यो भनेर थपडी बजाए जस्तो नाटक मात्रै गरेका हुन् । वास्तवमा यिनले हामी दुबैलाई नङ्ग्याई राखेका मात्रै हुन् ।’
उनले अरूको कुरा नसुनेर पार्टीहीतमा काम गर्न आग्रह गरेका छन् । ‘तिमिले यत्ति बुझ्नु रन्जु,हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ ? यो दुवै नबनेर नागरिक उन्मुक्ति पार्टी मात्रै बनोस् भन्ने मेरो चाहना हो,’ उनले अगाडि भनेका छन्, ‘तिमिलाई मेरो सुझाव छ रन्जु,अहिले केहिदिन ३ तत्त्वबाट टाढा रहनु,
१. छोरी भन्नेसँग
२. भाउजू भन्नेसँग
३. भान्जी भन्नेसँग

यी ३ को खेलबाट बच्नु कल्याण आफै हुन्छ ।’
संरक्षक चौधरीले मिल्दा पनि मनैले मिल्न र छुट्टिँदा पनि जग नहँसाएर छुट्टिन आग्रह गरेका छन् । ‘जसले तिमिलाई मन्त्री ज्यु भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो । अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्देश्यले मात्रै आउँदैछु । केवल २ जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ,’ उनले भनेका छन्, ‘मिल्दा पनि मनैले मिलौँ,छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ । यसैमा दुवैको भलाई छ र पार्टीको कल्याण पनि ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.