१४ औँ राष्ट्रपति रनिङ प्रतियोगितामा सुदूरपश्चिम प्रथम

धनगढी । खेलकुदमा आवश्यक लगानी र भौतिक पूर्वाधार अभावका बिच पनि सुदूरपश्चिमका खेलाडीले आफूहरूलाई राष्ट्रियस्तरमा अब्बल साबित गरिरहेका छन् । उनीहरूले खेलमार्फत सुदूरपश्चिम प्रदेशको नाम उँचो बनाएका छन् । पालिका हुँदै जिल्ला र प्रदेशबाट छनौट भएका उनीहरूले १४ औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा सुदूरपश्चिमलाई प्रथम बनाए।

यसअघि १३ औँ राष्ट्रपति रनिङ शिल्डमा सात स्वर्णमै सीमित सुदूरपश्चिम यस पटक भने राष्ट्रपति रनिङ शिल्डमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य गरी ४९ पदकसहित शीर्ष स्थानमा रह्यो । एथलेटिक्स, कबड्डी, उसु, तेक्वान्दोलगायतका खेलमा राम्रो प्रदर्शन रहेको जानकारी दिदै सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले सुदूरपश्चिमबाट ९८ जना खेलाडीका साथै प्रशिक्षक र व्यवस्थापक गरी एक सय १५ जना रनिङ शिल्डमा सहभागी भएका बताए । उनले लगातार भइरहेका खेलकुद गतिविधिका कारण खेलाडीको प्रदर्शन सुधारिएको र सकारात्मक नतिजा आइरहेको बताए। 

केही समयअघि बाग्मती प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पनि सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गरेको थियो । सो अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले २१ स्वर्ण, २९ रजत र २१ कांस्यसहित दोस्रो स्थान ओगटेको थियो ।May be an image of ‎text that says '‎१४ ओँ केन्द्रस्तरीय राष्ट्रपति रनिड शिल्ड प्रतियोगिता ا FINAL MEDAL TALLY Baishak 6, 2081 N PROVINCE 1 GOLD SILVER Sudurpaschim Province 2 BRONZE 19 TOTAL Bagmati Province 12 18 3 17 49 Karnali Province 13 15 4 45 10 Koshi Province 5 5 16 8 31 9 Lumbini Province 9 6 6 26 Gandaki Province 11 7 18 3 35 Madesh Province 10 13 3 26 6 TOTAL 9 66 18 66 98‎'‎

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.