Dashain Suvakamana

एसीसी प्रिमियर कप : नेपाल मलेसियासँग भिड्दै

Ajai

एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो खेलमा आज (बिहीबार) मलेसियासँग खेल्दैछ। ओमानको अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सबा ४ बजे सुरु हुनेछ।

सिरिजको दोस्रो खेलमा नेपालले बैशाख १ गते कतारसँग खेल्नेछ। तेस्रो खेलमा वैशाख ३ गते हङकङसँग तथा समुह चरणको अन्तिम खेलमा वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ। समूह ‘ए’ मा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। समुह बी मा आयोजक ओमानसँगै यूएई, कुवेत, बहराइन र कम्बोडिया छन्। 

समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलका खेलहरु वैशाख ७ गते हुनेछ। सेमिफाइनलका विजेताले फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। तेस्रो स्थानको खेल वैशाख ८ गते हुनेछ। उपाधि भिडन्त वैशाख ९ गते हुने तालिका छ। सो दिन फाइनल खेल हुन नसकेमा १० गतेका लागि रिजर्भ  डे राखिएको छ। प्रिमियर कपको विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ।

नेपाली क्रिकेट टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल,विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.