धनगढी हाफ म्याराथनले दश बर्षपछि पायो नेपाल एथलेटिक्सबाट स्वीकृत

धनगढी । नयाँ बर्षको पहिलो दिन (बैशाख १ गते) आयोजना हुने धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीको समग्र विकासका लागि ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने दशौं संस्करणको धनगढी हाफ म्याराथन प्रतियोगिताको प्रायः अधिकांश तयारी सकिएको प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिए ।

सन् २०१४ देखि नेपाली नयाँ बर्षको अवसरमा आयोजना सुरु भएको धनगढी हाफ म्याराथनको दशौं संस्करणले नेपाल एथलेटिक्सबाट स्वीकृत प्राप्त गरेकोले अब यो म्याराथनमा कुनै रेकर्ड बनेमा यसका रेकर्डहरुले पनि मान्यता पाउने संयोजक शाहले जानकारी दिए । धनगढी हाफ म्याराथनको विजेताले नगद ६६,६६६ उपविजेताले नगद ४४,४४४ र तेस्रो हुनेले नगद ३३,३३३ प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिनेछ । दुईवटै विधाका विजेताले नगद ६,६६६ उपविजेताले नगद ४,४४४ र तेस्रो हुनेले नगद ३,३३३ प्राप्त गर्ने धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताए। उनका अनुसार विगतमाझैँ यस बर्ष पनि अपाङ्गताको ट्रईसाइकल रेस समेत सहभागी हुनेछ ।

प्रतियोगिताको मुख्य प्रबद्र्धकमा जेसिज एभरेष्ट स्कुल रहेको छ भने प्रायोजकमा चैतन्य पाठशाला रहेको छ । यसैगरी प्रतियोगिताको प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद, सुदुरपश्चिम प्रदेश युवा परिषद, धनगढी उपमहानगरपालिका, नवजीवन को अपरेटिभ्स लिमिटेड लगायत विभिन्न व्यवसायिक प्रतिष्ठान, संघ संस्था, कार्यालय, उद्योग पसल लगायतले प्रतियोगितालाई सहयोग गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.